मास्क बनाउने बिजनेस
मास्क बनाउने बिजनेस शुरु गर्न कति लगानी चाहिन्छ।
यसको लागि कुन कुन मेसिन चाहिन्छ???
अनि मेसिन र कच्चापदार्थ कहाबाट सजिलै किन्न पाइन्छ।
खासगरी मास्क बनाउने बिजनेस कस्को लागि फाइदाजन हुन्छ र कस्को लागि जोखिमपुर्ण हुन्छ भन्ने जस्ता सबै कुरा बुझ्नको लागि यो जानकारी पुरै पढ्नुहोस।
अहिलेको समयमा सबैले गर्न चाहेक बिजनेस हो मास्क बनाउने बिजनेस। कोरोना भाइरसको कारणले अहिले सबैतिर मास्कको डिमान्ड पनि उत्तिकै छ र प्रयोग पनि उत्तिकै भैरहेको छ। 2 हप्ता अगाडि डेड देखि 2 रुपैयामा बिकिरहेको मास्क अहिले 4 रुपैयामा पनि पाउन मुस्किल भैसकेको छ। यो अवस्थामा उत्पादन गर्ने कम्पनिले तयार गरेको मास्कले बजारको डिमाण्ड परिपुर्ती गर्न गारो भैरहेको छ।
तर मार्केट सधै यहि अवस्थामा रहने छैन किनकी दैनिक मास्क बनाउने नया कम्पनिहरु थपिइरहेका छन। यो अवस्थामा जोखिमबाट बाचेर फाइदा कमाउने गरि यो बिजनेस गर्ने स्मार्ट तरिका सिक्नुहोस। यदि तपाईं पनि मास्क बनाउने उद्योग शुरु गर्ने सोच बनाउदै हुनुहुन्छ भने सबैभन्दा पहिला 2 ओटा कुरामा ध्यान दिनुहोस। नम्बर 1 मा मार्केट अनि नम्बर 2 मा कच्चापदार्थ। तपाइले मास्क बनाउने बिजनेस शुरु गरेपछी कच्चापदार्थ समयमा पाउन सक्नुभएन र धेरै महङ्गो पर्यो भने तपाइलाइ काम गर्न गारो हुनेछ। त्यसैले मास्क बनाउन प्रयोग गरिने काटेको कच्चापदार्थ बेच्ने कम्पनिसङ्ग राम्रोसङ्ग कुरा गर्नुहोस। त्यो कम्पनिले तपाइले मागेको समयमा उचित मुल्यमा दिन सक्छ कि सक्दैन। उस्ले उचित मुल्यमा तपाइले मागेको समयमा कच्चापदार्थ दिन सक्छ भने मात्रै तपाइको लागि फाइदाजन्क हुनेछ। त्यसैगरी तपाइले दोश्रो नम्बरमा आफ्नु मार्केट अध्ययन गर्नुपर्छ। तपाइको ठाउमा मास्क बेच्ने ब्यापारिले कति मुल्यमा किनेको छन, उनिहरुलाइ तपाइले बेच्न सक्नुहुन्छ कि सक्नुहुन्न। सकेसम्म पहिला उनिहरुसङ्ग अर्डर लिएर काम गर्दा तपाइको बिजनेस घाटाम जाने चान्सै हुदैन।
अब कुरा गरौ मास्क बनाउने मेसिनको बारेमा
मास्क बनाउनको लागि तपाइलाइ दुइओटा मेसिनको जरुरी हुन्छ। एउटा air loop wealder मेसिन अनि अर्को air compressor. यी दुइटा मेसिन भएपछी तपाइले मास्क बनाउन प्रयोग गरिने इलास्टिक र मास्क को पत्ता किनेर सजिलै मास्क बनाएर बेच्न सक्नुहुनेछ।
मास्क बनाउन प्रयोग गरिने यी दुइटा मेसिनलाइ नेपालमा लगभग 45 देखि 50 हजारसम्म पर्न सक्छ। यदि तपाईं यो मेसिन र कच्चापदार्थको बारेमा पूरा जानकारी लिन चाहानुहुन्छ भने यहाँ तल दिएको नम्बरमा सिधै सम्पर्क गर्न सक्नुहुन्छ।
अझै एकचोटी तपाइलाइ स्मरण गराउन चाहान्छु। मास्क उद्योग खोल्नुभन्दा पहिला। मार्केट र कच्चापदार्थको बारेमा राम्रोसङ्ग बुझ्नुहोस।
तपाइलाइ यो सामाग्री कस्तो लाग्यो? कमेन्ट गर्नुहोस्👇️
☎️9842261424
0 Comments